थारु कोटाबाट सहमहामन्त्रीका चार आकांक्षी, कसले मार्ला बाजी?

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीमा आउन थारु नेताहरुले लबिङ थालेका छन्। आ-आफ्नो गुटमा थारु नेताहरुले लबिङ थालेका हुन्। आरक्षणतर्फको थारु कोटामा एक जना सहमहामन्त्री निर्वाचित हुने प्रावधान छ।

सोही कोटाबाट पदाधिकारीमा आउन सिटौला पक्षबाट खानेपानी मन्त्री उमाकान्त चौधरी, देउवा पक्षबाट विजय गच्छदार निकट मानिएका रामजनम चौधरी, पौडेल पक्षबाट सांसद तेजुलाल चौधरी र पर्साका बुद्धिजीबी नेता सुरेन्द्र प्रसाद चौधरीले तीव्र लिबङ थालेका हुन्।

सबैले आ-आफ्नो उम्मेदवारीसमेत घोषणा रिसकेका छन्। उनीहरुले सहमहामन्त्रीका लागि आफ्नो प्रतिबद्धता पत्र भने सार्वजनिक गरेका छैनन्। ‘कांग्रेसमा मेरो ठूलो योगदान छ। यो समय पुस्तान्तरणको पनि हो। त्यसकारण पनि म यो पदका लागि योग्य छु,’ आकांक्षी एक जनाले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *