कांग्रेस महाधिवेशनमा थारु कोटाबाट एक सहमहामन्त्री र चार केन्द्रीय सदस्य निर्वाचित हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदैछ। मुलुक संघीयतामा गएपछि कांग्रेसले पनि पार्टीको संरचना सोहीअनुसार ढालेको छ। कांग्रेसको केन्द्रीय कार्यसमिति एक सय ३४ सदस्यीय हुनेछ। कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन्।

कांग्रेस विधानमा प्रवक्ताबारे केही उल्लेख नभए पनि पदाधिकारीकै हैसियत दिइएको छ। कोषाध्यक्ष र प्रवक्ता दुवै पदाधिकारी हुनेछन्। कांग्रेसमा सभापति, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ (खस-आर्य, जनजाति, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक-एकजना) गरी १३ जना निर्वाचनमार्फत् आउनेछन्।

कांग्रेसले समावेशी सिद्धान्त अख्तियार गरेको छ। केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचनबाट आउनेछन्। १३औं महाधिवेशनमा खुलातर्फ २५ जना निर्वाचनका माध्यमबाट आएका थिए। यसपटक १० जना थपिएको छ।

त्यस्तै, सात प्रदेशबाट महिलासहित २१ जना, खुला महिलाबार्ट नौ, खस-आर्यबार्ट ६ महिलासहित १३, आदिवासी जनजातिबाट सात महिलासहित १५, मधेसीबाट चार महिलासहित नौ, दलितबाट चार महिलासहित नौ, थारुबाट दुई महिलासहित चार, मुस्लिमबाट एक महिलासहित तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएकाबाट एक गरी एक सय ३४ जनाको निर्वाचन हुनेछ।

केन्द्रीय सभापतिको हकमा १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने र बाँकी पदाधिकारी-सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिए पुग्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *