राप्रपाको नयाँ कमिटीमा ‘थारु’ शून्य, थारु कोटा हटाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ पुस्ताका राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भए भने महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भए।

१४९ सदस्यीय कमिटीमा एउटा थारु पनि निर्वाचित भएनन्। हुनतः केन्द्रीय कमिटीमा आएन एक जना थारु उम्मेदवारसमेत नरहेको निर्वाचन कमिटीले जनाएको छ। तराईका थारु समुदायको बसोबास रहेको क्षेत्रमा राप्रपाको प्रभाव केही रहे पनि केन्द्रीय कमिटीमा भने एक जनालाई समेत नसमेट्नु दुर्भाग्य रहेको राप्रपाका नेताहरुले बताएका छन्।

यसअघि राप्रपामा थारु कोटाको व्यवस्था भए पनि एकता महाधिवेशनमा थारु कोटाको व्यवस्था गरिएको थिएन। बरु समावेशीअन्तर्गत आदिवासी जनजाति, मधेसी र मुस्लिम कोटाको व्यवस्था गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *