जनकराज चौधरी उपसभापति र प्रमिला गच्छदार सहमहामन्त्रीमा निर्वाचित

विजय गच्छदार निकट मानिएकी प्रमिला गच्छदार प्रदेश १ को सहमहामन्त्री पदमा निर्वाचित भएकी छन्। आइतबार राति सम्पन्न प्रथम प्रदेश अधिवेशनमा उनले ८३७ मत ल्याई विजयी भएकी हुन्। यसअघि मोरङ सभापतिमा विजय गच्छदार निकट दिलीप गच्छदार पराजित भएका थिए।

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भए। उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो।

त्यस्तै आइतबार सम्पन्न सुदूरपश्चि प्रदेशको अधिवेशनबाट पूर्वसांसद जनकराज चौधरी उपसभापतिमा निर्वाचित भएका छन्। त्यहाँ वीरबहादुर बलायर सभापतिमा निर्वाचित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *