रेशम चौधरी समर्थित कार्यकर्ताहरुको भेला भोलिदेखि काठमाडौंमा हुँदै

जेलमा रहेका सांसद रेशम चौधरी समर्थित कार्यकर्ताहरुले शुक्रबारदेखि दुई दिन राजनीतिक छलफल आयोजना गरेका छन्। अनामनगरस्थित तमु बौद्ध सेवा समाज हुने भनिएको कार्यक्रममा देशभरिबाट उनी समर्थित कार्यकर्ताहरु उपस्थित भएको बताइएको छ।

कार्यक्रममा रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ चौधरीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ। लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्यसमेत रहेका चौधरी पार्टी नेताहरुप्रति असन्तुष्टि जनाउँदै आएका छन्। आफ्नो रिहाइका लागि केही नगरेको भन्दै उनी रुस्ट बनेका हुन्।

सम्भवतः नयाँ पार्टी गठन तयारीका लागि यो भेला आयोजना गरेको उनी निकट नेताहरुले जनाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *