विजय गच्छदार निकट दिलिप गच्छदार मोरङ सभापतिमा पराजित

नेपाली कांग्रेस माेरङकाे सभापतिमा संस्थापन इतर समूहका डिगबहादुर लिम्बु निर्वाचित भएका छन्। आज भएको दाेस्राे चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा उपसभापति विजयकुमार गच्छदार र नेता कृष्णप्रसाद सिटाैलाकाे संयुक्त समर्थन रहेका दिलिप गच्छदारलाई पराजित गरेदै लिम्बु विजयी भएका हुन्।

लिम्बु नेता डा. शेखर काेइराला निकट हुन्। लिम्बुले १ हजार ९ सय ६ मत ल्याउँदा गच्छदारले १ हजार ४ सय २२ मत ल्याए। पहिलो चरणमा तेस्रो भएका उम्मेदवार यदु विष्टले समर्थन गरेपनि गच्छदारले जित हात पार्न सकेनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *