भारतको सहयोगमा निर्मित दुई विद्यालयका भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका दुई वटा विद्यालयका नयाँ भवनहरु उद्घाटन गरिएको छ। श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको उद्घाटन गरिएको हो।

भारत सरकारको १ करोड २७ लाख आर्थिक सहयोगमा निर्मित भवनको भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पासहित जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले उद्घाटन गरेका छन्।

सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ। यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दार्जुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन्।

हालः विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन्। यस नवनिर्मित भवनले ग्रामिण क्षेत्रको सिकाइ वातावरणलाई सुधार गर्नुका साथै सो जिल्लाको शैक्षिक विकासमा टेवा पुर्‍याउने छ।

त्यस्तै भारत सरकारकै २ करोड ३३ लाख आर्थिक सहयोगबाट निर्तिमि महाकाली–७ धापस्थित श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको उद्घाटनसमेत गरिएको छ। सन् १९६६ मा स्थापना भएको यो विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो। यो विद्यालय सुदूरपश्चिम क्षेत्रमा अवस्थित छ।

भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण भएको यस दुई तल्ले नवनिर्मित विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्‍याउने छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *