ओलीसँग रुष्ट हुँदै थारु कोटामा जयप्रकाश थारुले दिए उम्मेदवारी

नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नामप्रति असन्तुष्टि जनाउँदै ‘थारु क्लस्टर’मा पर्साका जयप्रकाश चौधरीले उम्मेदवारी दर्ता गरेका छन्। सो समूहमा प्रस्तावितमध्ये कुनै पनि थारु समुदायका उम्मेदवारले आफ्नो उम्मेदवारी समीसिमाभित्र फिर्ता नलिएको खण्डमा ‘थारु क्लस्टर’ मा आन्तरिक प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ।

३ सय १ केन्द्रीय कमिटीमा थारु क्लस्टरबाट ५ जना पुरुष र ३ जना महिलासमेत गरी ८ जना केन्द्रीय कमिटीमा अटाउने छन तर पुरुष ‘क्लस्टर’ ५ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। ओलीले प्रस्ताव गरेका बैजानाथ चौधरी, कृपाराम राना, गौरीशंकर थारु, नरुलाल चौधरी, बलबिरप्रसाद चौधरी तथा नयाँ उम्मेदवार जयप्रकाश थारु बिच प्रतिस्पर्धा हुनेछ।

तर, महिला भने अन्य कसैको उम्मेदवारी नपरेकाले गंगा चौधरी सत्गौबा, सरस्वती चौधरी, मञ्जुकुमारी चौधरी निर्बिरोध निर्वाचित हुने भएका छन् । यद्धपी, निर्वाचन केन्द्रिय समितिले औपचारिक घोषणा भने गरिसकेको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *