मेयर मंगल थारू कांग्रेस क्षेत्रीय सभापतिमा पराजित

नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं. १ (क) को प्रदेश क्षेत्रीय सभापतिमा वाणगङ्गा नगरपालिकाका मेयर मंगल थारू पराजित भएका छन्। मेयर थारूलाई दुर्गा केसीले ४० मतको अन्तरले पराजित गरेका हुन्। निवर्तमान नगर सभापतिसमेत रहेका थारूलाई रामचन्द्र पौडेल समूहको समर्थन रहेको थियो।

वाणगंगा नगरपालिकाको ओदारी माविमा सम्पन्न निर्वाचनमा प्रदेश सभा (क) मा वाणगङ्गाका ११ वडा सहित कपिलवस्तु नगरका ३ र मायादेवी गाउँपालिकाको १ वडा गरी ३ सय ४३ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेका थिए भने ३ सय ३६ मत सदर भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *