सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता हुने

सप्तरीमा सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता हुने भएको छ। सप्तरीको सप्तकोशी नगरपालिका-५ गंगाजलीको खेलमैदानमा कात्तिक २१ गतेदेखि प्रतियोगिता हुने आयोजकले जनाएको छ।

सहिद दिलिप चौधरीको नाममा स्थापित नगद पुरस्कार र प्रमाणपत्र खेल प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले जानकारी दिए। प्रतिस्ठानले विगत वर्षहरुमा शिक्षा, पत्रकारिता, राजनीति, खेलकुदलगायत विषयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

प्रतिष्ठानले सहिद दिलिप चौधरीको नाममा एक लाखको अक्षयकोष स्थापना गरेको छ। त्यही कोषको व्याजबाट विभिन्न सामाजिक कामहरु गर्दै आएको छ। गत कात्तिक ५ गते प्रतिष्ठानले सहिद दिलिप चौधरीको स्मृति स्तम्भ अनावरण गरेको थियो। अनावरण कार्यक्रममा पत्रकारितामार्फत् योगदान गर्ने तीन जना पत्रकारलाई जनही ११ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *