पश्चिम नवलपरासीमा पूर्वमन्त्री डा. दहितद्वारा थारु संग्रहालयको उद्घाटन

पश्चिम नवलपरासीमा थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवन निमार्ण गरिएको छ। जिल्लाको सरावल गाउँपालिकाको वडा नं १ स्थित तुलसीनगरमा थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवन निमार्ण गरिएको हो।
थारु काल्यणकारी सभा नवलपरासीको नेतृत्वमा जिल्लामा पहिलो पटक थारु संग्रहालय निमार्ण गरिएको थारु काल्यणकारी सभा नवलपरासीले जनाएको छ। थारु काल्यणकारी सभा नवलपरासीको नेतृत्वमा उक्त मिलन केन्द्रको निमार्ण गरिएको थारु काल्यणकारी सभा नवलपरासीका सभापति मुन्द्रीक प्रसाद चौधरीले जानकरी दिए।

थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवनको पूर्व भूमि सुधारमन्त्री गोपाल दहित उद्घाटन गरेका छन्। उद्घाटन गर्दै पूर्वमन्त्री दहितले संग्रहालयमा थारुको पहिचान झल्किने खालको थारुको सामाग्री राखिने भएकोले थारुको पुराना संस्कृतीको जर्गान हुने बताए।

भूमिसुधार मन्त्रलायको २५ लाख र श्रमदान थारु समुदायको चन्दा संकलन गरी कुल रु पचास लाखको लगातमा उक्त भवन निमार्ण गरिएको थारु काल्यणकारी सभाका सभापति चौधरीले बताए। उक्त संग्रहालयमा थारुहरुको पुराना संस्कृतीकको पहिचान झल्किने गरी थारुको चिज बस्तुहरु राखिने छ।

थारु काल्यणकारी सभा सभापतिको अनुसार संग्रहालयमा थारुको पहिचान झल्किने गरी ढेकी,जता हलोजुवा,माछा मार्ने जालो,कोइन बेवा,धान राख्ने माटोको बखारी,(ढेहरी,)सेको ,ढकीय,थारुको पुराना घर पुराना मठमन्दिर,तस्बिर थारुहरुको भेषभुषा राखिने बताए। उनले अउँदो माघेसंक्रन्तिसम्म खिचडीमा संग्रहालयमा थारुहरु पहिचान झल्किने खालको चिजबस्तु राखिने बताए।

सरावल गाउँपालिकाले संग्रहालयमा थारु समुदायको पहिचान झल्किने खालको सामाग्री खरिदको लागि रु पाँच लाख बजेट दिइएको गाउँपालिकाको अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए। कार्यक्रममा संरावल गाउँपालिकाकी उपाध्यक्ष उत्तम राय थारुका, युवा समाजसेबी नरेश चौधरी, सामुदायिक बन उपभोक्ता महासंघकी केन्द्रिय गिता चौधरीलगायतले मन्तव्य राखेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *