लोकतन्त्र खतरामा परेपछि एमालेबाट विद्रोह : चौधरी

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीले संविधानको रक्षाको लागि प्रतिगमनको विरोधमा विद्रोह गरेको बताएका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपा एमालेमा व्यक्तिवादी हाबी हुँदै गाएको र त्यसले लोकतन्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले विद्रोह गरेर छुट्टै नेकपा एकीकृत समाजवादी पार्टी बनाउनु परेको बताएका हुन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धेरै चाँडो एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने बताए । उनले एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी भइरहेको बताए । उनले भने, ‘जुन पार्टीमा व्यक्तिवाद हाबी हुन्छ त्यो पार्टी लोकतान्त्रिक हुँदैन’ मुख्यमन्त्री राउतले त्यस्तो कार्यको विद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको भविष्य छ ।’

एकीकृत समाजवादीका वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का खानेपानी ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य रामचन्द्र साह, दिनेश राई, चिरञ्जीवी आचार्य, केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष बालगोपाल थापालगायतका उपस्थिति थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *