सांसद दिपेश थारु र राजापुरका मेयर चौधरीलाई कोरोना संक्रमण

माओवादी केन्द्रका प्रदेश सांसद दीपेश थारु कोरोनाबाट संक्रमित भएका छन्। एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। त्यस्तै राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरी पनि कोरोनाबाट संक्रमित भएका छन्।

उनले सामाजिक सञ्जालबाट नै आफू संक्रमित भएको जानकारी दिएका छन्। ‘अहिले एन्टिजेन चेक गर्दा मलाई कोरोना पोजेटिभ भएको व्यहोरा जानकारीका लागि सबैलाई अनुरोध गर्दछु,’ उनले लेखेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *