थारु आयोगले यसवर्ष स्मारिका प्रकाशन गर्दै, लेख रचना आह्वान

थारु आयोगले यस वर्ष स्मारिका प्रकाशन गर्ने भएको छ। थारु समुदायको समग्र स्थिति र थारु समुदायको भाषा, लिपि, सँस्कृति, इतिहास, परम्परा, साहित्य, कला, ज्ञान, सीप, प्रविधिलगायत राजनीतिक, समाजिक, आर्थिक र साँस्कृति विषयवस्तुका लेख रचनाहरु आह्वान गरिएको छ।

लेख रचना पठाउयने अन्तिम समय मंसिर १० गतेलाई तोकिएको छ। उक्त लेख रचना कम्तिमा दुई हजार र बढीमा ५ हजार शब्दको हुनुपर्ने सूचनामा उल्लेख छ। आयोगले लेख रचनाको लागि उचित पारिश्रमिक पनि उपलब्ध गराउने बताएको छ। त्यसका लागि आयोगका सदस्य डा. उमाशंकर चौधरीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै आयोगले थारु मातृभाषाका अप्रकाशित लोक कथाहरु संकलन सम्बन्धि प्रस्तावनासमेत आह्वान गरेको छ। उक्त प्रस्तावना मंसिर १५ गतेभित्र पठाउन र सम्बन्धित जानकारीको लागि आयोगका सदस्य भोलाराम चौधरीलाई सम्पर्क गर्न सूचनामा उल्लेख छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *