मदन चौधरीलाई दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कार

पत्रकार मदन चौधरीलाई दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। दिलिप स्मृति प्रतिष्ठानले सप्तरीको सप्तकोशी नगरपालिकाको गंगाजलीमा आयोजना गरेको कार्यक्रममा पत्रकार चौधरीलाई ११ हजार रुपैयाँ राशि रहेको सो पुरस्कारबाट सम्मान गरिएको हो।


नेकपा एमालेका सचेतक शान्ता चौधरी र प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीले नगद र प्रमाणपत्र हस्तान्तरण गरेका थिए। चौधरी विगत डेढ दसकदेखि मूलधारको पत्रकारितामा काम गर्दै आएका छन्।
कार्यक्रममा सप्तरीबाट सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारद्वय नबिन गुप्ता र बृजमान तामाङलाई पनि सोही पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।


सप्तरीको फत्तेपुरमा जन्मिएका दिलिप चौधरी विसं २०४२ सालमा देशब्यापीरुपमा भएको बम काण्डको आरोपमा पक्राउ परेका थिए। उनलाई काठमाडौंको ल क्याम्पसबाट हिरासतमा लिएका थिए। लगत्तै उनको हत्या गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *