मन्त्रीको लिस्टबाट हटाइयो मेटमणि चौधरीको नाम

सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ। शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको बताए।

ती नेताका अनुसार एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ।

यसअघि खुबै चर्चामा रहेका मेटमणि चौधरी नाम भने अन्तिम समयमा रोकिएको छ। पार्टीका शीर्ष नेताहरुले उनको नामक कटौति गरेपछि मेटमणि चौधरी रुस्ट बनेको निकट नेताहरुले बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *