‘प्यारके जादू’ थारु म्युजिक भिडियोमा पल शाह र अनुभूतिको रोमान्स

पल शाहको अर्को थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्यारके जादु बोलको गीतमा पलको जोडीको रुपमा अनुभूति श्रेष्ठले अभिनय गरेकी छन्। नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको गीतमा नरेशकै शब्द रहेको छ भने संगीत संयोजन गणेश चौधरीले गरेका छन्।

दाङको विभिन्न क्षेत्रमा सुटिङ गरिएको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन्। अर्जुन तिवारीको छाँयाकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्। पहाडी बठिनियादेखि थारु म्युजिक क्षेत्रमा प्रवेश गरेका पल शाहले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।




Leave a Reply

Your email address will not be published.