दिलीप स्मृति प्रतिष्ठानद्वारा पुरस्कार छनौट समिति गठन, ३० गते तयारी भेला हुने

दिलीप स्मृति प्रतिष्ठानले तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ। पत्रकार कृष्ण मल्लको संयोजकत्वमा गठित समितिमा अधिवक्ता बाबुराम राई र राजेन्द्र चौधरी सदस्य रहेका छन्।

प्रतिष्ठानले यस वर्ष अनलाइन मिडियामा कार्यरत तीन जना पत्रकारलाई जनही ११ हजार रुपैयाँ राशिसहित पुरस्कृत गर्दैछ। प्रतिष्ठानले पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि यसअघि नै निर्णय गरिसकेको छ।

प्रतिष्ठानले कात्तिक ६ गते पुरस्कार वितरणका लागि भव्य समारोह आयोजना गर्ने जनाएको छ। समारोह तयारी र व्यवस्थापनका लागि असोज ३० गते भेला आयोजना गरिएको छ। गंगाजलीमा साढे १२ बजे भेला आयोजना हुने नेता राजकुमार लेखीले जानकारी दिए।

भेलामा सबै राजनीतिक दलका नेता, नगरका अध्यक्षसहित जनप्रतिनिधिहरु सहभागी हुनेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *