थारु मुक्ति मोर्चाको कार्यक्रममा प्रचण्डले भने- रेशम चौधरीलाई रिहाइ गर्नुपर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनन थारु समुदायमाथि भएको उत्पीडन र शोषणविरुद्धको विद्रोह भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित थारु राष्ट्रिय मुक्ति मोर्चाको पूर्ण केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले टीकापुर घटनामा जेलमा रहेका रेशम चौधरीलगायत सबैलाई रिहाइ गर्नुपर्ने बताएका थिए।

‘अब थारुहरु राष्ट्रिय स्वाधीनता र समाजवादको लागि लड्नुपर्छ। टीकापुर घटना पनि थारु समुदायमाथि भएको उत्पीडन र शोषणविरुद्धको विद्रोह हो। उक्त घटनामा जेल परेका रेशम चौधरीलगायत सबैलाई छोड्नुपर्छ,’ कार्यक्रममा उनले भने। मोर्चाका अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले कैलालीमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।

राष्ट्रिय सभा सदस्य हरिराम चौधरी उत्सवका अनुसरा मंसिर मसान्तमा कैलालीमा थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो। कार्यक्रममा माओवादी थारु नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *