राजकुमार लेखीले दिए पार्टीबाट राजीनामा, अब कुन पार्टी जाँदैछन्?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजकुमार लेखीले पार्टीबाट राजीनामा दिएका छन्। उनले प्रेस लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोलाई बिहीबार बिहान राजीनामा बुझाएका हुन्।

‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिसकेकोमा अब नयाँ राजनीति यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु,’ लेखीको राजीनामा पत्रमा लेखिएको छ।

नागरिक समाजवादी पार्टीका अध्यक्षसमते रहिसकेका लेखीले तत्कालीन राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीसँग एकता गरेका थिए। पछि राजपा हुँदै जनता समाजवादी पार्टीमा उनी समाहित भएका थिए।

नेता लेखीले अध्यक्ष महन्थ ठाकुर बालुवाटार बैठकमा गएकाले राजीनामा पत्र राजेन्द्र महतोलाई बुझाएको बताए। उनले आफूले सोँचेको जस्तो पार्टीले प्रगति गर्न नसकेको, वैकल्पिक राजीनिमा जम्न नसकेको भन्दै राजीनामा दिएको बताए।

‘जुन सोँचले म पार्टीमा आएको थिएँ, त्यो सोँचविपरीत पार्टी टुट्ने फुट्ने प्रक्रियाहरु चल्न थाल्यो। टुट फुटले वैकल्पिक राजनीतिक शक्ति बन्ने झन् कसरी कल्पना गर्न सकिएला र,’ उनले भने। उनले आफू सक्रिय राजीनितमै रहिरहने र यिनै ठूला तीन दलहरुमध्ये एकमा आबद्ध हुने बताए।

‘म सक्रिय राजनीतिभन्दा टाँढा जादिनँ कांग्रेस, माओवादी वा एमालेमा आबद्ध होउँला। त्यसको लागि अबका दिनमा निरन्तर छलफल हुनेछने,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *