कांग्रेस राजापुरको सभापतिमा महेश चौधरी विजयी, सीताराम चौधरी बने सचिव

नेपाली कांग्रेस नगर कार्यसमितिका लागि आज भएको निर्वाचनमा राजापुर नगर सभापति पदका उम्मेदवार महेश कुमार चौधरीको प्यानल बिजय भएको छ। राजापुरमा सोमबार भएको ७ वटा पदमा भएको निर्वाचनमा नगर सभापती पदमा महेश कुमार चौधरीले १९१ मत र विष्णु थारू ५६ मत प्राप्त गरेका थिए।

उपसभापति पदका लागि खुसीराम थारु २०२मत, कमल पाण्डे १९२ मत, टंक जैसी ५३ मत, सचीव पदका लागि सिताराम चौधरी १९९ मत, सुवास तिमिल्सेना २०५ मत , नेत्रप्रसाद ढकाल ४९ मत, सहसचिव पदका लागि दिलिप रत्गैँया २०० मत, तुलाराम चौधरी १९३ मत, शिशिर शर्मा ५६ मत प्राप्त गरेका थिए। अन्य सदस्य पदहरुमा भने निविरोध चयन भएका छन्।

सभापति पदमा १ जना उप सभापतिमा २ जना सचिव पदमा २ जना र सहसचिब पदमा २ जनाका लागि मतदान भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *