धावक धनिराम चौधरीद्वारा लिखित किताब सार्वजनिक

खेलाडी भन्नासाथ खेलकूदमा मात्र ध्यान दिने व्यक्तिहरुलाई भन्ने गरिन्छ र यथार्थता पनि त्यहीनै हुने गरेको भेटिन्छ। तर खेलाडीको इतिहासमा कमैले मात्र पुस्तक लेखन गरेका होेलान? तीमध्ये धनीराम चौधरी एक हुन्।

चौधरी पूर्व किर्तिमानी धावक हुन्। हाल राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक रहेका चौधरीले एथलेटिक्स गाईडबुक प्रकाशित गरी सार्वजनिक गरेका छन्। नेपाली पुस्तक बजारमा अति कम लेखिने विधा हो खेलकुद।

पूर्व धावक चौधरीद्वारा लिखित पुस्तक एथलेटिक्समा चासो राख्ने सबैका लागि जानकारीमूलक हुने अपेक्षा गरिएको छ। सो पुस्तकमा नेपाली एथलेटिक्स विविध पक्षबारे सविस्तार जानकारी उल्लेख गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *