हाडजोर्नी बिशेषज्ञ डा.पशुपति चौधरीलाई नेशनल प्रोफेस्नल अचिभमेन्ट अवार्ड

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोर्नी विशेषेज्ञ प्रा.डा.पशुपति चौधरी सम्मानित भएका छन्। डा.चौधरी आइतबार काठमाण्डौंमा नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्डबाट सम्मानित भएका हुन्।
स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै सिजन मिडियाले डा.चौधरीलाई ‘सिनियर अर्थोपेडिक स्पाईन सर्जन नेशनल अवार्ड’ दिइएको हो। सिजन मिडियाले बर्षेनी विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई छनौट गरेर अवार्ड प्रदान गर्दै आएको छ। यसपाली लाइफटाइम एचिभमेन्ट अवार्ड डा.भोला रिजालले पाएका छन्।
डा.चौधरी वीपी प्रतिष्ठानको हाडजोर्नी विभाग प्रमुख पनि हुन्। उपचारमा अब्बल रहेका डा.चौधरीले हाडजोर्नी सम्बन्धी सर्वसाधारणलाई उपयोगी हुने पुस्तकसमेत प्रकाशित गरेका छन्। डा. चौधरीले प्रतिष्ठानमा रहेर जटिल किसिमका शल्यक्रियाहरु गरेका छन्। एमबिबिएस वंगलादेश र एमएस न्याम्सबाट गरेका डा.चौधरी सन् २००६ देखि वीपी प्रतिष्ठानमा कार्यरत छन्। उनले विगतमा प्रतिष्ठानमा डेपुटी अस्पताल निर्देशक र प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।
Facebook Comment