थारु गाउँको कथावस्तु समेटिएको ‘रोपेगुना फल’ सोमबारदेखि प्रशारण हुँदै

लोकप्रिय धाराबाहिक नाटक रोपेगुना फलको दोस्रो सिजन प्रशारण हुने भएको छ। एन्टेना फाउन्डेशन नेपालले तयार पारेको नाटक भोलि (सोमबार)देखि देशभरिका रेडियोमा प्रशारण हुँदैछ। अभिभावक शिक्षा, बालविवाह र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा आधारित नाटक ‘रोपेगुना फल’को अवधि १५ मिनेटको रहेको एन्टेनाले जनाएको छ। उसका अनुसार यो नाटक रेडियो नेपाल र देशभरिका एक सय बढी स्थानीय रेडियोबाट प्रसारण हुँदैछ।

त्यसबाहेक हाम्रो पात्रो मोबाइल एप, सामाजिक सञ्जाल फेसबुक, युट्युव र एन्टेना फाउण्डेशन नेपालको वेवसाइटमासमेत सुन्न सकिने छ। त्यस्तै नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले सूचनाको संसार निशुल्क सेवा ३२१०० मा फोन गरी जुनसुकै बेला सुन्न सकिने बताइएको छ।

रोपेगुना फलको दोस्रो सिजनमा १०४ अंक उत्पादन गरिने र हप्तामा दुईपटक प्रशारण हुने एन्टेनाद्वारा जारी विज्ञप्तिमा भनिएक छ।

मनोरञ्जन र शिक्षा सहितको यो रेडियो नाटक युनिसेफ नेपालको आर्थिक सहयोग, पपुलेसन मिडिया सेन्टर (पिएमसी) कोनाटक उत्पादन बिधि र पद्धती तथा अनुगमन, मुल्यांकन र श्रोता सर्वेक्षणका लागि प्राविधिक सहयोगमा एन्टेना फाउण्डेशन नेपालले उत्पादन गरेको हो। यस अभियानमा भायामो नेपालले नेपाल टेलिकमसँगको सहकार्यमा नाटकको अफलाइन सुन्न सकिने व्यवस्था गरेको छ।

एन्टेना फाउन्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाईले धारावाहिक रेडियो नाटक रोपेगुना फलमा अभिभावकले आफ्ना बालबालिकाको शारिरिक वृद्धि, व्यवहार, मनोभावना, बौद्धिक विकास लगायत उमेर तथा क्षमता अनुसार सिकाई, उचित स्याहार सुसार गर्ने ज्ञान, जिवन उपयोगी सीप र दक्षता केन्द्रित समग्र विकासका बिषयबस्तु समेटिने बताए।

‘प्रारम्भिक बालबिकासमा बुबाको भुमिका, गर्भााबस्थामा आामा र शिशुकोस्याहार, जन्मेपछी शिशु र आमाको हेरचाह, सुनौला हजार दिन, बालस्वास्थ्य, पोषण र सरसफाई, बाल संरक्षण र स्याहार, प्रारम्भिक सिकाईका अन्तरबस्तु, किशोर किशोरीहरुको यौन तथा प्रजनन्स्वास्थ्य र अधिकार एवम्बालविवाहको विषयमा रहेर रेडियो नाटक तयार हुनेछ,’ उनले भने।

१३ देखि २४ वर्षसम्मका किशोर किशोरी र युवा साथै २५ देखि ४५ वर्षका अभिभावक नाटकका लक्षित श्रोता हुने उनको भनाइ छ। त्यसबाहेक हजुरआमा, हजुरबा, दाजुदिदी तथा स्याहारकर्ताका लागि पनि रेडियो नाटक निकै उपयोगी रहेको उनको दाबी छ।

‘अभिभावक तथा स्याहारकर्ताको सक्रिय संलग्नतामा गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको शारिरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक विकास साथै बालविवाह र किशोर किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा रेडियो नाटकमार्फत् समाजलाई योगदान पुग्नेछ,’ उनले भने।

यसअघि रेडियो नाटक रोपेगुना फल को पहिलो संस्करण २३ डिसेम्बर २०१९ देखि ११ अगस्ट २०२० सम्म प्रसारण भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *