स्वर्गीय नेता रामचरण चौधरीलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक (थारुहरुको सूची)

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ती विभूषण प्रदान गरेकी हुन्।

नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ।

त्यसैगरी राष्ट्र यशोवर्द्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरेकी छन्।

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गरेकी छन्।

कुन थारुले के पदक पाए?

बर्दियाका माओवादी नेता एवं पूर्वमन्‍त्री स्वर्गगीय रामचरण चौधरीलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ। त्यस्तै रुपन्देहीका प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय रामप्रसाद चौधरी, कैलालीका समाजसेवी स्वर्गीय दशीराम चौधरीलाई प्रबल जनसेवाश्री प्रदान गरिएको छ।

त्यसतै नेपाल प्रताप अभुषण पदक प्रहरी सहायक निरीक्षक श्याम सिंह चौधरी, प्रहरी हवल्दार शेर सिंह थारु र प्रहरी जवान शान्‍ति चौधरीलाई प्रदान गरिएको छ।

त्यस्तै सुकीर्ति पदक गनर विमला चौधरीलाई, वीरता पदक हुद्धा राजकुमार चौधरीलाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक अमल्दार नेमराज चौधरीलाई प्रदान गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *