फिलिपिन्सविरुद्ध विमला चौधरीले गरेकी थिइन् शानदार गोल

एएफसी महिला एसियान कप छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले अन्तिम समयमा लगातार दुई गोल खाएपछि २-१ को हार बेहोर्‍यो।

नेपालकी विमला चौधरीले खेलको दशौं मिनेटमा उनले सुरुवाती दिलाएकी थिइन्। उनले सविता रानाको लामो क्रसलाई हेडरमार्फत् गोलमा परिणत गरेकी थिइन्। तर पहिलो हाफमै घाइते भएपछि उनले ३९औं मिनेटमा मैदान छाडिन्।

यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ। नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ। उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ। समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ।

नेपालले यसअघि १९८६, १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो।

तस्बिर : हाम्रोखेलकुद डटकम




Leave a Reply

Your email address will not be published. Required fields are marked *