लक्की चौधरीलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार

थारु पत्रकार संघ नेपालका पूर्व अध्यक्ष लक्की चौधरी पुरस्कृत हुने भएका छन्। प्रेस काउन्सिल नेपालले ३० जनाभन्दा बढी पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। जसअन्तर्गत लक्की चौधरीलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो।

त्यस्तै काउन्सिलले गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’, लाई प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कृत हुने पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको समेत जनाएको छ।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित रू. एक लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार तथा प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा वि.सं. २०७२ सालमा स्थापित प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार २०७३ सालदेखि वरिष्ठ पत्रकारहरूलाई दिन थालिएको वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *