आइफोन १३ सार्वजनिक, यस्ता छन् सुविधा

एप्पल कम्पनीले आइफोन-१३ सार्वजनिक गरेको छ। क्यार्लिफोनियाबाट भर्चुअल कार्यक्रम गरेर एप्पलले मंगलबार अबेर राति आइफोन-१३ का चारवटा मोडल सार्वजनिक गरेको हो। पुरानो आइफोनको तुलनामा आइफोन-१३ निकै एड्भान्स रहेको एप्पलले दाबी गरेको छ। यसमा आइफोन–१३ सिरिजसँगै इन्ट्री लेबल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज ७ समावेश छन्।

कम्पनीले आइफोन-१३ का ४ मोडल- आइफोन-१३ मिनी, आइफोन-१३, आइफोन-१३ प्रो र आइफोन-१३ प्रो म्याक्स बनाएको हो। आइफोन-१३ मिनीमा ५.४ इन्च सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले, रिजोलुसन २३४०x१०८० पिक्सल र डेन्सिटी ४७५पीपीआई छन्। यस्तै आइफोन-१३ मा ६.१ इन्च सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले छ भने २५३२ x११७० पिक्सल र डेन्सिटी ४७६पीपीई रिजोलुसन छन्।

दुवै मोडलमा १२८ जीबी, २५६ जीबी र ५१२ जीबी क्षमता छ। आइफोन-१३ मिनीको तौल १४१ ग्राम र आइफोन-१३ को तौल १७४ ग्राम छ। दुवै फोन वाटरप्रुफ अर्थात् ६ मिटरसम्म पानीमा डुब्दा पनि ३० मिनेटसम्म केही हुँदैन। राम्रोसँग काम गर्छ। दुवै मोडलमा १२ मेगापिक्सलको ड्युल क्यामरा छ। जसले वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ।

त्यस्तै आइफोन-१३ मा १९ घन्टाको भिडिओ प्लेब्याक, १५ घन्टाको भिडिओ प्लेब्याक स्ट्रिमिङ, ७५ घन्टाको अडिओ प्लेब्याक सुविधा छन्।

आइफोन-१३ प्रो, आइफोन-१३ प्रो म्याक्स र आइफोन-१३ प्रोमा ६.१ इन्चका सुपर रेटिनासहित अन्य विभिन्न सुविधा छन्। दुवै मोडलमा १२ मेहापिक्सलको ट्रिपल रियर क्यामरा छ। टेलिफोटो, वाइड र अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ।
आइफोन-१३ मिनीलाई ६९९ डलर (नेपाली रुपैयाँ ८२ हजारभन्दा बढी) देखि ९९९ डलर (नेपाली रुपैयाँ १ लाख ७५ हजारभन्दा बढी) सम्म पर्छ। आइफोन-१३ लाई ७९९ डलर (नेपाली रुपैयाँ ९४ हजारभन्दा बढी) देखि १०९९ डलर (नेपाली रुपैयाँ १ लाख २९ हजारभन्दा बढी) सम्म पर्छ।

आइफोन-१३ प्रोलाई ९९९ डलर (नेपाली रुपैयाँ १ लाख ७५ हजारभन्दा बढी) देखि १४९९ डलर (नेपाली रुपैयाँ १ लाख ७६ हजारभन्दा बढी) सम्म पर्छ। र, आइफोन-१३ प्रो म्याक्सलाई १०९९ डलर (नेपाली रुपैयाँ १ लाख २९ हजारभन्दा बढी) देखि १५९९ डलर (नेपाली रुपैयाँ १ लाख ८८ हजारभन्दा बढी) सम्म पर्ने कम्पनीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *