सर्वाधिक हिट ‘मन लागेना’ कसरी लेखिएको थियो? सुवेश कठरियाले खोले राज [भिडियोसहित]

थारु सांगीतिक क्षेत्रमा सबैको रोजाइ बनेको छ- सुवेश कठरिया। थारु सांगीति क्षेत्रमा उनले थुप्रै हिट गीत लेखिसकेका छन्। त्यसैले पनि उनलाई यतिबेला गीत लेख्न भ्याइनभ्याइ छ। तर सुवेशले हावा तालमा भने गीत लेख्दैनन्। उनी भन्छन्, ‘एउटै गीत पनि धेरै दिन लाग्छ सिध्याउन। मुड चल्नपर्‍यो नि!’

उनले पूरै भित्री मनबाट गीत लेख्ने गरेको बताए। त्यही भएर पनि उनका लगभग सबै गीत सुपरहिट छन्। चुन्नु प्यारमे परिगिल बोलको गीत उनको पहिलो रेकर्ड गरिएको गीत हो। त्यसपश्चात उनले दर्जनौं गीतहरु लेखिसकेका छन्। चुरिया गुरियाले त झन् थारु सांगीतिक क्षेत्रमा तहल्का नै पिटेको थियो। सम्भवत पहिलो मिलियन भ्युज भएको गीत पनि चुरिया गुरिया नै हो।

त्यतिमात्र होइन, अहिलेसम्म सबैभन्दा चर्चामा रहेको मन लागेना गीतका रचनाकार पनि सुवेश नै हुन्। लकडाउनताका उनलाई गीत लेख्न आग्रह गरिएको थियो। तर उनलाई लेख्न मनै थिएन। जति फुराउँदा पनि शब्द नफुरेपछि उनले त्यसैलाई गीतको रुपमा कोरेका थिए- मन लागेना।

अहिले यो गीतले करिब ८० लाख भ्युज पाएको छ। यो गीत हिट हुनुमा उनले सबै टिमलाई श्रय दिन्छन्। ‘जसरी शब्द रचेँ, त्यसरी नै गणेशजीले संगीत भर्नुभएको छ। त्यसरी नै आरकेजी र अन्नुजीले स्वर दिनुभएको छ। निर्देशक सुरजदेव कशुम्याजीले पनि राम्रो सिक्वेन्समा म्युजिक भिडियो बनाउनुभएको छ। सबैले राम्रो काम गर्दा गीतले सर्वाधिक भ्युज पाएको जस्तो लाग्छ,’ उनले भन्छन्।

हुन त उनै सुवेशले माया मोहनी गीत पनि लेखे। जसमा नेपाली फिल्म क्षेत्रका कलाकार पुष्प खड्का र गीता ढुंगनाले अभिनय गरेका छन्। तर म्युजिक भिडियोले प्रचार प्रसार गरेजस्तो भ्युज पाउन सकेको छैन। यसमा सुवेशले मेकिङमा कमजोरी भएको बताए। उनले सिनेमेटोग्राफीमा गल्ती भएको र कथावस्तुलाई पनि अडियन्सले रुचाउन नसकेको हो कि भन्ने बताए। ‘नयाँखाले कथावस्तु समेटिएको छ। सायद अडियन्सले त्यसलाई बुझ्न नसकेको हो कि,’ उनले भने।आउनुस् थारुवान डटकमले उनै सुवाश कठरियासँग अन्तरंग सम्वाद गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *