गायक राजु चौधरीको निधन

बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन भएको छ। उनी ब्लड क्यान्सरबाट ग्रसित थिए। उनको शुक्रबार निधन भएको ‘द स्याडोज नेपाल’का गायक स्वप्निल शर्माले जानकारी दिए। स्वप्निलले राजुको स्वास्थ्य अवस्थाबारे बारम्बार जानकारी दिँदै आएका छन्।

राजुको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने अभियानलाई पनि स्वप्निलले नेतृत्व दिइरहेका थिए । हाल स्वप्निलले आर्थिक सहयोग बन्द गरिदिन आग्रह गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *