बंगलादेशविरुद्ध नेपाल विजयी, बिमला चौधरीको पासमा भएको थियो पहिलो गोल

पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो। नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे। बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन्।

खेलको १४ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन्। सविताले राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन्। बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन्।खेलको २४ मिनेटमा १६ वर्षकी खेलाडी प्रीति राईले डेब्यु गोल गरेकी हुन् । प्रीतिले मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् । उनको गोलसँगै नेपाल पहिलो हाफमा २-० को अग्रता बनायो।

बंगलादेशकि तोहुरा खातुनले सान्त्वना गोल गरिन । खातुनले ८१ मिनेटमा गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुदै गोल भएको थियो। नेपाल र बंगलादेश दुवैले एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेलेका हुन्। दोस्रो खेल शुक्रबार हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *