सांसद गंगा चौधरी रोस्ट्रममै जान खोजेपछि…

सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी सांसद गंगा सत्गौंवा चौधरी रोष्टममै उक्लिने प्रयास गरेकी छन्। प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे।


बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए। प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके।

त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन्। एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेकी थिइन्।

‘गुरिल्ला सभामुखलाई (बैठक अघि बढाउन) रोक्न सकिएन। गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो। त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *