सांसद कृष्णबहादुर चौधरीले रोजे लोकतान्त्रिक समाजवादी

सुदूरपश्चिम प्रदेशका सांसद सदस्य कृष्णबहादुर चौधरीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्। यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमै रहने बताएका उनले ठाकुर नेतृत्वको पार्टी रोजेका हुन्।

उनलाई लोसपामा ल्याउन हालसालै कार्यकारिणी सदस्य बनेकी प्रेमा थारुले पहल गरेकी थिइन्। उनकै पहलका कारण सांसद चौधरी लोसपा आउन तयार भएको बताइएको छ। जसपाका अर्का सांसद मालामती राना थारुले भने जनता समाजवादी पार्टीमै रहने बताएकी छन्। उनले आफ्नो पार्टी आधिकारिक पार्टीलाई रहने बताउँदै आएकी थिइन्।

कृष्णबहादुर चौधरी रेशम चौधरी निर्वाचित भएको कैलाली क्षेत्र १ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *