आरक्षणको सबालमा थारु विद्यार्थी समाजले गरायो बहस

थारु विद्यार्थी समाजले २६औं स्थापना दिवस मनाएको छ। समाजले स्थापना दिवसको अवसरमा आरक्षणको सबालमा जातीय विद्यार्थीहरुको भूमिका विषयक अन्तर्क्रियासमेत आयोजना गर्‍यो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर सहभागी भएका थिए। उनले आदिवासी जनजातिहरुले जनसंख्याको अनुपातमा आरक्षण नपाएको गुनासो गरे। संविधानले दिएको अधिकारबमोजित आदिवासी जनजातिहरुले आरक्षण पाउनुपर्ने उनले बताए। त्यसका लागि जातीय विद्यार्थीहरुको अहम् भूमिका खेल्न आवश्यक रहेको उनले बताए।

त्यस्तै अधिवक्ता एवं थारु आयोगकी सदस्य शान्ति मोदीले पनि सरकारले आरक्षणमा थारुहरुलाई भेदभाव गरेको बताइन्। उनले जनसंख्याको अनुपातमै समावेशी सिद्धानत्को आधारमा थारुहरुले आरक्षण पाउनुपर्ने बताइन्।
कार्यक्रममा थारु आयोगकै सदस्य डा. उमाशंकर चौधरी, थारु विद्यार्थी समाजका पूर्व अध्यक्ष सीएन थारु, थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीलगायतको उपस्थिति रहेको थियो।

उपस्थित सबै वक्ताले समावेशी सिद्धान्तअनुसार सबैले आरक्षण पाउनुपर्ने बताएका थिए। कार्यक्रममा थारु विद्यार्थी समाजका अध्यक्ष एवं नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ अध्यक्ष चन्द्र प्रसाद चौधरी विद्यार्थी हकहितका लागि आफू सधैं अग्रपंक्तिमा रहने बताए। उनले समावेशी सिद्धान्तका आधार आरक्षण उपलब्ध गराउन सरकारसँग जोडदार माग गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *