वामदेव गौतमले एमालेको सबै पदबाट दिए राजीनामा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले एमालेको सबै पदबाट राजीनामा दिएका छन्। उनका स्वकीय सचिवमार्फत् कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएका छन्।

५ पुस २०७७ मा संसद विघटनसँगै साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित हुँदा गौतमले एकता अभियान चलाएका थिए। सर्वोच्च अदालतले २३ फागुनमा एमाले पुनःस्थापना गरेपछि पनि पार्टीमा एकता हुन सकेन।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अलग-अलग गतिविधि गरिरहे। एमाले एकता अभियान चलाएका गौतम बेला-बेला अध्यक्ष ओली नेतृत्वको बैठकमा गए। पछिल्लो समय माधव समूहले पार्टी फुटाए साथ दिने बताएका थिए। तर अहिले भने उनले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने लगायतका शर्त अघि सारेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *