सभामुखलाई गंगा थारुको झटारो- राजीनामा दिएर अब माओवादी कार्यकर्ता बन्नुस्

नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवाले सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा दिएर माओवादी कार्यकर्ता बन्न सुझाव दिएका छन्। सभामुख सापकोटाले एमालेका १४ जना सांसदहरुलाई कारबाही नगर्ने निर्णय गरेपछि सांसद थारुले यस्तो सुझाव दिएकी हुन्।

‘सभामुखलाई एउटा प्रश्न गर्न चाहन्छु- तपाईँ माओवादीबाट राजीनामा दिएर सभामुख बनेको होइन र? यदि राजीनामा गरेको होइन भने अब सभामुखबाट राजीनामा दिएर माओवादीको कार्यकर्ता बने राम्रो हुने थियो कि,’ उनले भनेकी छन्।

सांसद थारुले सभामुख सापकोटाले पदको धज्जी उडाएको आरोपसमेत लगाएकी छन्। उनले कानुनी राज्यको खिलाफ गएर सभामुख पदको नैतिकतामा आँच आउने काम गरेको बताएकी छन्।

‘वाह रे सभामुख, सम्मानित पदीय मर्यादाको धज्जी उडाउँदा पनि अलिकति पनि ख्याल भएन? कानुन राज्यको खिलाफ जानुभयो, तटस्थता गुमाउनुभयो, सिंगो संसदको सभामुख हुँ भन्ने नैतिक आधार समाप्त गर्नुभयो,’ उनले भनेकी छन्।

उनले अब सभामुख सापकोटा दलको कार्यकर्तामा सीमित भएको बताइन्। ‘अब केवल दलको कार्यकर्ता हुनुभयो र कानुन तथा आफैँले हिजो गरेका कामको नजिरसम्म कुल्चेर गठबन्धन निर्णय कार्यान्वयन गर्नुभयो,’ उनले भनेकी छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *