रेशम चौधरी महन्थ ठाकुरको पार्टीमा गयो भनेर अफवाह फैलाइयो : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरी आफ्नै पार्टीमा रहेको बताएका छन्। जसपाले सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीले महन्थ ठाकुरको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा गएको भनेर अफवाह फैलाएको बताए।

‘लोसपामा गएकाको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ, त्यसमा चौधरीको नाम छैन,’ डा. भट्टराईले भनेका छन्, ‘उनी अहिले पनि जसपामा नै छन्।’ डा. भट्टराईले आफ्नो र चौधरीको बारम्बार सम्वाद भइरहेको पनि बताए। उनले चौधरीको मुद्दा राजनीतिक भएकाले यसलाई राजनीतिक रुपमा नै समाधान गर्नु पर्ने पनि बताए। अनि यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक भएको पनि डा. भट्टराईले बताए।

‘जसपाले नै रेशम चौधरीको रिहाइ गर्न पहल गर्नेछ। प्रधानमन्त्री यस विषयमा सकारात्मक हुनुहुन्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *