पर्शुराम चौधरीका पीडा, जिन्दगीभर कमाएको पैसाले जोडेको सिनेमा हल आँखा अगाडि दनदनी जलिरह्यो… [भिडियो]

प्रदेश १ को रामधुनी-भासी नगरपालिका अवस्थित झुम्कामा रहेको म्याजिक सिनेमा हल आगलागीबाट पुर्णरुपमा क्षति भएको छ। चलचित्र निर्माता, निर्देशक तथा कलाकारसमेत रहेका पर्शुराम चौधरीले आगलागीबाट झन्डै २ करोडको क्षति भएको बताए। चलचित्र प्रोजेक्सन गर्ने कन्ट्रोल रुमबाट बिजुली सट हुँदै सुरु भएको आगोले चौधरीको दुबै हातसमेत पोलेको थियो।

सञ्चालक चौधरिका अनुसार अफिस रुममा बसेर भिडियो सम्पादनको काम गर्ने क्रममा इन्भर्टर एक्कासी निभ्यो र बाहिर निस्केर हेर्दा कन्ट्रोल रुमबाट आगो फैलिन सुरु भइसकेको थियो।

निभाउन खोज्दा हातसमेत जलेको उनले बताए। सो स्थानबाट केही पनि सामान निकाल्न नसकिएको उनले बताए। आगो नियन्त्रणभन्दा बाहिर गएपछि स्थानियबासीसहित इनरुवा, इटहरी, धरान, लौकही र बराहक्षेत्रको दमकलसहित नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

चलचित्र नगरी ठप्प हुँदा म्याजिक सिनेमा हल पनि विगत लामो समयदेखि बन्द थियो। तर, चौधरीले आफ्ना अफिसको दैनिकी काम सोही हलको अफिसबाट गर्दै आइरहेका थिए। कोरोनाले काम ठप्प हुँदा इन्स्योरेन्सको रकम बुझाउन नसकेकाले हलको इन्स्योरेन्स पनि फेल भएको पीडा उनले पोखे।

झुम्काको सुविधासम्पन्न हलको रुपमा रहेको ‘म्याजिक सिनेमा’ हलमा भने चलचित्र प्रदर्शनका बेला दर्शकको उपस्थिति राम्रै हुने गर्थ्यो। कोरोनाले यो हलको पनि अवस्था धरापमा पुर्‍याएको थियो। अहिले आगलागीपछि अब झुम्कामा सिनेमा हल नै लोप हुने अवस्थामा पुगेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *