वाह रे माओवादी ! जम्मा चार जना थारुलाई जिम्मेवारी

नेकपा माओवादी केन्द्रले हालसालै स्थानीयदेखि केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ। तर थारु नेताहरुलाई ठूला जिम्मेवारी नदिएको भन्दै केही नेताहरु असन्तुष्ट भएका छन्।

हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको थियो। ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ।

थारु नेताहरुको हकमा भने केहीले मात्र जिम्मेवारी पाएको छ। जसमा कैलाली इन्चार्जमा रुपा चौधरी र कञ्चपुर इन्चार्जमा देवीलाल चौधरीले जिम्मेवारी पाएका छन्। त्यसबाहेक सूदुरपश्चिम प्रदेश सम्पर्क समितिमा वीरमान चौधरी, नेपाल भूमिहीन सुकुम्बासी संगठन र सम्बद्ध संगठनहरुको इन्चार्जमा सन्तकुमार थारुले जिम्मेवारी पाएका छन्। यीबाहेक कुनै पनि थारु नेताहरुले जिम्मेवारी पाएका छैनन्।

नेकपा माओवादी सशस्त्र विद्रोहमा थारुहरुको ठूलो उपस्थिति रहेको थियो। विद्रोहमा सबैभन्दा धेरै थारुहरुले नै ज्यान गुमाएका छन् र बेपत्ता हुनेहरुमा पनि थारुहरु शीर्ष स्थानमा छ।

थारुहरुकै कारण सफल भएको विद्रोहलाई केन्द्रीय नेताहरुले बिर्सेको थारु नेताहरु बताउँछन्। ‘राम्रो हुन्छ भनेर मा‌ओवादी विद्रोहमा लागेँ। त्यस दौरान आफन्त गुमाए, छरछिमेकका साथीभाइ गुमाए। तर न थारुवान प्रदेश पायौं न राज्यका निकायहरुमा थारुहरुको सामान उपस्थिति पायौं,’ माओवादीका शीर्ष नेता भन्छन्।

उनले माओवादीको थारु भातृसंस्था थारुवान मुक्ति मोर्चाले केन्द्रीय नेताहरुलाई दबाब दिनुपर्ने बताए।




One thought on “वाह रे माओवादी ! जम्मा चार जना थारुलाई जिम्मेवारी

  1. गद्दार माओवादी ।निर्गुनी माओवादी धोखे बाज़ माओवादी । नश्लवादी माओवादी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *