प्रदेश १ मा भीम आचार्य बने मुख्यमन्त्री

प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन् । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् ।

एमाले प्रदेश १ को संसदीय दलको नेतामा केही बेरअघि मात्रै आचार्य चयन भएका थिए । मुख्यमन्त्री नियुक्त भएको केही बेरमै उनलाई शपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुन: एमालेको एकल सरकार गठन भएको हो ।

आचार्यले संविधान अनुसार ३० दिनभित्र पुन: विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके उनी मुख्यमन्त्रीमा रहिरहन पाउने छैनन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *