थारु युवाहरुको नारा- हिपोक्रेसीको पनि सीमा हुन्छ यार

थरुहट थारुवान राष्ट्रिय मोर्चाले आज काठमाडौंको वसन्तपुर विद्रोह दिवस मनाएको छ। ६ वर्षअघि भएको टीकापुर घटनामा आजकै दिन कर्फ्यु लागेकै समयमा थारुहरुको रिसोर्ट, एफएम, पसल र घरहरु जलाइएको थियो। सोही दिनको सम्झनामा थारुहरुले विद्रोह दिवस मनाउँदै आएको छ।

विरोध प्रदर्शनमा थारु युवाहले आज फरक नाराजसहित प्रस्तुत भए। युवा अभियन्ता एवं बर्दियाली थारु विकास मञ्चका सचिव दिनेश चौधरीको नेतृत्वमा युवाहरुले केही मिनेट सिट्टी फुकेका थिए। उनीहरुले सुतिरहेको सरकारलाई जगाउनका निम्ति सिट्टी फुकेको बताए। ‘थारुहरुले न्याय मागेको वर्षौं‌ वितिसक्यो। तर सरकार कान थुनेर बसेको अवस्था छ। लाग्छ हाम्रो देशका शासकहरु चीर निद्रामा रहेका छन्। तिनै शासकहरुलाई व्युँझाउनका लागि हामीले सिट्टी फुक्यौं,’ थारुवानसँग उनले भने।

त्यस्तै कानुन पढिरहेका युवा अभियन्ता अर्नव चौधरी अरुभन्दा फरक ब्यानर लिएर विरोध प्रदर्शनमा आए। उनले दुइटा ब्यानर लिएर वसन्तपुर डबलीमा आएका थिए। जसमा लेखिएको थियो- EROR 404 JUSTICE NOT FOUND र Hypocricy ko pani seema huncha yar‘।

उनी यसअघि माइती घर मण्डलामा भएको विरोध प्रदर्शनमा पनि सहभागी बनेका थिए। त्यहाँ तिनले एकैथरिका प्लेकार्डहरु देखेका थिए। विश्वमै आदिवासीका सबालमा, मानव अधिकारीको सबालमा भएका आन्दोलनहरुलाई उनी नजिकबाट औंल्याउने गर्छन्। वसन्तपुर डबलीमा उनले क्रियटिभ प्लेकार्ड लिएर प्रस्तुत हुने निधो गरे। तर के नारा लेख्ने भनी उनी दोधारमा थिए।

यसअघि नेपालमै चलिएको ‘Enough is Enough‘ मुभमेन्ट र म्यानमारमा चलेको मुभमेन्ट उनलाई याद आयो। जहाँ यस्तै यस्तै नारा लेखिएका प्लेकार्डहरु देखिन्थे। र, उनले पनि थारु मुभमेन्टलाई अलिक फरक बनाउने सोँचे र लेखे- EROR 404 JUSTICE NOT FOUNDHypocricy ko pani seema huncha yar’

‘हाम्रो पुस्ता अधिकारको लडाइँमा धेरै पछाडि छ। म चाहन्छु मजस्ता थारु युवाहरु हाम्रा अधिकारका लागि अगाडि आओस्। सबै कुराको लागि बोल्नै पर्छ भन्ने छैन- सानो सानो नाराले पनि धेरै कुरा भनिरहेको हुन्छ। हाम्रो पुस्ताले यस्तैखाले मुभमेन्ट चलाउन अति आवश्यक देख्छु,’ उनले थारुवानसँग भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *