शान्ता चौधरीमाथि सामाजिक सञ्जालमा चौतर्फी हमला किन?

एउटा तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बारम्बार टिकाटिप्पणी हुन थालेपछि नेकपा एमालेकी सचेत शान्ता चौधरी आक्रोशित बनेकी छन्। उनले माधव कुमार नेपालसँगको एउटा तस्बिर सामाजिक सञ्जालमा बारम्बार पोष्ट गरेर टिकाटिप्पणी गरेपछि आक्रोशित बनेकी हुन्।

उनले आस्थाले जोडेको सम्बन्ध विचार मिल्दासम्म जोडिन्छ तर विचार नमिलेको दिन तोडिन्छ भन्दै तस्बिरबारे प्रष्ट पारेकी छन्।

उनले भनेकी छन्- ‘बारम्बार मेरो यो एउटा तस्बिर देखाएर व्यक्तिको दास बन्न मनोवैज्ञानिक दबाब दिनेहरूलाइ मेरो आग्रह छ। आस्थाले जोडेको सम्बन्ध विचार मिल्दासम्म जोडिन्छ तर विचार नमिलेका दिन तोडिन्छ। विचारको सम्बन्ध र व्यक्तिगत सम्बन्ध अलग कुरा हो, विचार नमिल्दा पनि व्यक्तिगत सम्बन्ध र सम्मान रहिरहन्छ।’

उनले गुण लगाउने जीवनभरि पिछलग्गुन बन्न नसकिने प्रस्ट पारेकी छन्। ‘हिजो तलाई गुन लगाउनेको जीवनभर पिछालग्गु हुनपर्थ्यो किन हुन सकिनस्? भन्ने चिन्तनसँग मेरो असहमति छ। राजनीतिक मुद्दामा बहस चलेका बेला यस्ता गैरमार्क्सवादी तर्क गर्नेसँग मलाई दया लाग्छ। अझै जो जसले ब्यक्तिका पछाडि होइन, विचारका पछाडि लाग्नपर्छ भनेर अरुलाई अर्ति दिने गर्छन्, तिनैले यस्ता कु तर्क गरेर सामाजिक सञ्जाल रंगाएको देख्दा त झनै अनौठो लाग्छ,’ उनले भनेकी छन्।

सामाजिक सञ्जालमा चौतर्फी टिकाटिप्पणी हुन थालेपछि शान्ता चौधरीले शनिबार आफ्नोबारे लामो स्टाटस लेखेकी थिइन्। जसमा उनले भनेकी छन्- ‘म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ । यस बारे मैले धेरै बताई रहन पर्दैन तर म बिगतमा जति अपमानित भएँ , हेप्पिएँ सायद मुक्त भए पछि कहिल्यै अपमानित हुन पर्दैन , यही सोच्ने गर्थें । तर आज पनि मैले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल , मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ । त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ । शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पिडा कस्तो हुन्छ भन्ने अनुभुति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होईन उर्जा थपेको हुन्छ ।

मैले कमरेड माधव नेपालको अपमान कहिले गरें ? एकपटक कसैले बताउन सक्नुहुन्छ?? सक्नु हुन्छ भने बताइदिनुस। उहाँ आफैले आफ्नै पार्टीको सरकार गिराउनु भयो ,आफैले निर्माण गरेको पार्टी चोइट्याउन सारा नेपाली जनताको भावना बिपरित पार्टिलाइ तहसनहस पार्दै हुनुहुन्छ । अब म के गरुँ? यस्ता जनभाबना बिपरितका कुकर्मका पछि लागौं ? लाखौ कार्यकर्ताको मनमा छोट पुग्ने गरी कसैका पदको लडाइँको पछि दगुरौ? यदि देशलाई स्थिरता दिने हो र कम्युनिस्ट आन्दोलन लाई समाजवाद उन्मुख बनाउने हो भने यस्ता कार्यको मैले बिरोध गर्नै पर्छ र मैले त्यही गरे र अझै पनि गरिरहने छु।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *