बाउ सम्मान कमरेड माधव नेपाललाई म केही भन्न चाहन्छु : शान्ता चौधरी

नेकपा एमालेकी सचेतक शान्ता चौधरीले माधव कुमार नेपाल आफ्नो बाउ सम्मान रहेको बताएकी छन्। शान्तासँग मनको कुरामार्फत् उनले यस्तो बताएकी हुन्। ‘मेरो बाउ सम्मानको आदरणीय नेता हुनुहुन्छ कमरेड माधव कुमार नेपाल। अभिभावकको हैसियतले केही कुरा भन्दैछु।

जसमरी म तपाइँलाई आदरणीय कमरेड भनिरहेकी छु। यी शब्दहरु के बाहिर बाटाहरु उच्चारण भइरहेको छ? छैन, कमरेड बाहिर तपाइँप्रति यति धेरै आक्रोश छ कि, त्यो धेरै दुःखद छ,’ उनले भनिन्।

उनले पार्टी आफ्नो नेतृत्वमा रहुन्जेल राम्रो र अरुको नेतृत्वमा जाँदा नराम्रो भन्ने नेपालको सोँचप्रति आक्रोश पोखिन्। उनले सरकारले ल्याएको अध्यादेश नै अवैधानिक भएको बताइन्। ‘यो अध्यादेश अवैधानिक छ। अध्यादेश खारेज भयो भने तपाइँको हालत के हुन्छ? तपाइँसहित १४ जनाकै सांसद पद जान्छ जान्छ, त्यो बेला तपाइँको हालत के हुन्छ?,’ उनले भनिन्।

उनले चोइटिएको गएको पार्टीको इतिहास हेर्न आग्रह गर्दै पार्टीमा फर्किन आग्रह गरिन्। उनले नेकपा माले फुटेर जाँदा, शेरबहादुर देउवा टुक्रिएर जाँदा, मोहन वैद्यहरु टुक्रिँदा कस्तो अवस्थामा पुगेको थियो वा छ हेर्न आग्रह गरिन्।

उनले माधव नेपाललाई छोडेर जाँदैमा एमालेलाई कुनै समस्या नहुने बताइन्। ‘थोरबहुत समस्या होला। तर एमाले पार्टीलाई कुनै समस्या हुँदैन। त्यही भएर तपाइँहरु फर्किनुस् मेरो आग्रह छ,’ उनले भनिन्।

उनले मन्त्री बन्न मन लाग्यो भन्दै पार्टीमा विद्रोह गर्ने कुरा, छाडेर जाने कुरा नराम्रो भएको बताइन्। ‘मलाई पनि त मन्त्री बन्न मन लाग्या होला, दुई दुई पटक सांसद बनेको मान्छे। भएन त मन्त्री। के मन्त्री भएन भनेर पार्टी छाडेर जाउँ? मन्त्री भएन भनेर पार्टीमा विद्रोह गरुँ?,’ उनले भनिन्।

जीवनभर पार्टीमा लागेका धेरै मान्छेहरु अहिलेसम्म सांसदसमेत नभएको उनले बताइन्। कति जना केन्द्रीय कमिटीसमेत नआएको उनले बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *