यस्तो छ रेशम चौधरीको मन्जुरिनामा पत्र

जसपाका निलम्बित सांसद रेशम चौधरी अन्ततः तटस्थता तोडेका छन्। जसपाको आधिकारिक हेडकाउन्टमा उनी तटस्थ बसेका थिए। तर उपेन्द्र यादव नेतृत्वको जसपाले रेशम चौधरीलाई पनि कार्यकारिणी सदस्यमा राखेको थियो।

त्यतिबेला जसपाका प्रवक्ताले नै मिडियामा रेशम चौधरी यादव पक्षमा लागेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। पछि रेशम चौधरी आफू तटस्थ बसेको स्पष्ट पारेका थिए।

यसैबीच महन्थ ठाकुर समूहले आज नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रक) पार्टी दर्ताका लागि निवेदन दिइएको हो। महन्थ समूहमा २४ जना कार्यकारिणी सदस्य रहेका छन्। जसमध्येक एक रेशम चौधरी पनि हो।

डिल्ली बजारस्थित कारागारमा रहेका रेशमले निर्वाचन आयोगमा आफ्नो मन्जुरिनामा पठाएका थिए। उनले आफू महन्थ नेतृत्वको पार्टीको कार्यकारिणी सदस्य रहेको भन्दै मन्जुरिनामा पत्र पठाएका थिए।

‘उपरोक्त सम्बन्धमा, म रेशम चौधरफ आबद्ध रहेको राजनीतिक दल जनता समाजवादी पार्टी नेपाल छुट्टै दलको रुपमा जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) मा. महन्थ ठाकुरको नेतृत्वमा त्यहाँको कार्यालयमा आजै दर्ता हुने हुँदा उक्त पार्टीमा म कार्यकारिणी सदस्यको रुपमा जिम्मेवारी बहन गर्न तयार रहेको र मेरो निम्न बमोजिमको हस्ताक्षर निर्वाचन आयोगले आधिकारिकताको रुपमा स्वीकार गरिदिनुहुन अनुरोध छ,’ पत्रका लेखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *