अन्ततः फुट्यो एमाले, माधव नेपालको पार्टीमा जम्मा तीन जना थारु नेता

केपी ओली नेतृत्वको नेकपा एमाले अन्ततः विभाजित भएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन्।

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए। साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन्। निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको पाण्डेले जानकारी दिए।

माधव नेपाल समूहमा भने जम्मा दुई जना थारु केन्द्रीय सदस्य समेटिएका छन्। स्थायी कमिटी सदस्यसमेत रहेका पर्साका नागेन्द्र चौधरी, उदयपुरका बलदेव चौधरी र दाङका नेता एवं सांसद मेटमणि चौधरी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *