गुरिया सँगै बरघर चोक नामाकरण

राजापुर नगरपालिकावडा नं. २ जोतपुर गाउँको बरघर चोकमा थारु समुदायले गुरिया कार्यक्रम गरेका छन्। थारु समुदायले मनाउँदै आएको यो पर्व कतिपय गाउँहरुमा गुरियाको नाममा मिठो मसिनो खाने मात्र काम हुँदै गरेकोमा यस वर्ष विधिपुर्वक सम्पन्न गरिएको जनाइएको छ। यो पर्वलाई थारु समुदायमाअझै राम्रोसँग जानकारीमा ल्याउनका लागि गाउँको बीचमा पर्ने जोतपुर सामुदायिक भवन छेउको बरघर चोकमा गरिएको हो ।

थारु समुदायको आफ्नै सँस्कृति र पहिचान छ । बरघर प्रणालीलाई स्थापित गर्नका लागि साथै थारुहरुले गाउँ सञ्चालन तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवार बरघर रहने भएकाले बरघरकै नामले सो चोकको नाम पनि गुरियाकै दिन बरघर चोक भनेर नामाकरण गरिएको अधिकारकर्मी सोम डेमनडौराले बताएका छन् ।

थारु समुदायमा कतै गुरिया त कतै गुरहीको नामले यो पर्व मनाउने गरिन्छ । बालबालिकाको मुख्य सहभागीता रहने भएकाले यो पर्वलाई बालपर्वको रुपमा पनि लिने गरिएको छ । गुरही, गुर्ही (दाङ्ग मुल भएकाले झिङ्गौरा भन्ने गरेको)– एक प्रकारको किरा जसलाई अंग्रेजीमा ड्य्रागन फ्लाई भनिन्छ । गुरिया, गुर्या– हिन्दीभाषामा गुडीया तथा अंग्रजीमा मन्नेक्विनभन्ने गरिन्छ । यो पर्व साउन शुक्लपक्ष, नागपञ्चमीका दिनमा मनाउने गरिन्छ । गुरही-गुरियाको दिनगाउँको चोक (पहिले पहिले गुवाँको छेउमा या झाडीको नजिक) मा साँझपख महिला तथा केटीहरुले गुरिया (गुर्ही) फाल्ने र पुरुष तथा केटाहरुले त्यसलाई स्वाँटा (एक प्रकारको घाँस बाटबनाइएको कोर्रा या लठ्ठी) ले पिट्ने गर्छन् ।

पिटी सकेपछि घुघरी (मटरा, केराउ, चना या चामलको भुजा), बरिया, रोटी, खुर्माखाने गर्छन् । त्यसपछि सेलाउन जाने पनि गरिन्छ।
गुर्हीले लामखुट्टे तथा किराहरुलाई खाने गर्ने तथा दुष्ट आत्मा नाशकको रुपमा लिइने गरिन्छ । गुर्ही बनाएर पिटेमा दुःख, कष्ट तथा विमारी र बालीनालीमा हुने प्रकोप समेत नाशहुने भन्ने जनविश्वास रहेको छ । यो पर्व दिदीभाईबीचको प्रगाढ सम्बन्धको पर्वकोरुपमा र सद्भावको पर्वको रुपमासमेत लिने गरिन्छ ।

युवा समाजसेवी सिताराम थारु भन्छन्- काठमाडौंमा नोकरीका लगि र पढ्न गएका थारुहरुले यो पर्वको आयोजना गर्छन् । तर थारु गाउँमा भने पर्वको नामले मासु भात मात्रखाने चलन छ । तसर्थ थारु समुदायको सँस्कृति गाउँ स्तरबाट नै मनाउने परम्परा स्थापित गर्न गाउँको बीच भागमा पर्ने बरघर चोकमा मनाएको हो ।

जोतपुर गाउँका बरघर वीरेन्द्र दहितले युवाहरुको बौद्धिक सोंचले गुरिया पर्व प्रथमपटक यसरी भव्य बनाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन् । कार्यक्रमको व्यववस्थापन जोतपुर बरघर समितिले गरको थियो भने सञ्चालन बरघर समितिका सचिबपुर्ण बहादुर थारुले गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *