राजकुमार लेखीको प्रश्न- १५ वर्षदेखि उही अनुहार देखिन्छ, थारु कार्यक्रम र बहसमा नयाँ पुस्ता खोइ ?

थरुहट नेता राजकुमार लेखीले थारु माग मुद्दाका सबालमा नयाँ पुस्तालाई समेट्न नसकेको बताएका छन्। थरुहट थारुवान राष्ट्रिय मोर्चाको कार्यक्रममा बोल्दै उनले सधैं सबै कार्यक्रममा उही व्यक्ति र उही अनुहारहरु देख्नुपरेको बताए।

उनले थारु माग मुद्दा र आन्दोलनका लागि युवा पुस्ताको पनि खाँचो रहेको बताए। ‘दस पन्ध्र वर्षदेखि हरेक आन्दोलनमा, हरेक कार्यक्रममा एउटै अनुहारहरु देख्ने गर्छौं। नेतृत्वकर्ताहरुले अहिले पुस्तालाई किन समेट्न नसकेको हो। एकदमै विचारनीय कुरा छ,’ उनले भने।

उनले आन्दोलनको अगुवाइ गर्ने थारु नेताहरुले दलको समर्थन खोज्ने गरेको बताए। तर तिनै दलमा लाग्ने थारु नेताहरुलाई झोले भनेर सम्बोधन गरेकोप्रति उनी आपत्ति जनाए। ‘केही कुरा गर्दा हामीलाई हरेक पार्टी समर्थन चाहिन्छ। तर त्यही पार्टीमा लागेका थारु नेताहरुलाई हामीले जोले भनेर सम्बोधन गर्छौं। त्यो त अलिक सुहाएन कि,’ उनले भने।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *