गंगा थारुको प्रश्न- २३ जनालाई जीउँदै जलाउने लोकतन्त्रवादी, रेशम चौधरीचाहिँ अपराधि?

नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवाले रेशम चौधरीलाई रिहाइ गर्न माग गरेकी छन्। संसदको शून्य समयमा बोल्दै उनले आफ्नो समुदायको हकहितको लागि आवाज उठाउने रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका हुन्।

उनले २३ जनालाई जीउँदै जलाउने मान्छेलाई सरकारले छुटाउन खोजेको भन्दै कोहीसँग पावर र धन सम्पत्ति छ भन्दै ऊ निर्दोष हुने भनी प्रश्न गरिन्।

‘आफ्नो समुदायको हकहितको लागि आवाज उठाउने रेशम चौधरी अपराधि भए। अनि २३ जनालाई जीउँदै जलाउने लोकतन्त्रवादी भए? जति पावर भए पनि उसँग धन सम्पत्ति छ भने निर्दोष हुन्छ,’ उनले प्रश्न गरिन्। उनले जीउँदै जलाउने अफताब आलमलाई सरकारले छुटाउन लागेको भन्दै आपत्ति जनाइन्।

उनले संसदमा कोरोना महामारीसँगै थारु समुदायलाई मात्र लाग्ने सिकलसेल एनिमियाका बिरामीलाई उपचारमा समस्या भएको र रगत नपाएको गुनासो गरिन्। उनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई त्यस्ता बिरामीलाई उचित उपचारको व्यवस्था गर्न माग गरिन्।

भिडियो हर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *