आन्दोलन गरौं र माग पूरा नभएसम्म शासकसँग वार्ता नगरौं : सुरेन्द्र चौधरी

टीकापुर राजबन्दी रिहाई राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले निलम्बित एवं जेलका रहेका सांसद रेशम चौधरीले स्पष्टरुपमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनले रिहाइको अन्तिम विकल्प आन्दोलनमात्र रहेको बताए।

उनले थारुको माग मुद्दा सम्बोधन नभएसम्म कोही थारुहरु पनि वार्ताको टेबुलमा बस्न नहुने बताए। ‘ थारु मुक्ति आन्दोलनको जुन माग मुद्दा थियो। त्यो सम्बोधन नभएसम्म खबरदार थारुहरु, कोही पनि शासकसँग वार्ता गर्न जाँदैन। कोही पनि केपी ओलीसँग वार्ता गर्न जाँदैन। कोही पनि शेरबहादुर देउवासँग वार्ता गर्न जाँदैन। आफ्नो पार्टी जसपालाई पनि खबरदार रेशम चौधरीको नाममा राजनीति गर्‍यो भने। बरु म ५० वर्ष जेल बस्न तयार छु। थारु आन्दोलनको माग पूरा नभएसम्म कोहीसँग सम्झौता हुँदैन,’ थरुहट थारुवान मोर्चाको कार्यक्रममा उनले भने।
भिडियो हेर्नुस्

यो पनि हेर्नुस् : राज कुश्मीले नेताहरुलाई थर्काए, अन्नु चौधरी, सोनु कुश्मीलगायत कलाकारहरुले बजाए ताली




Leave a Reply

Your email address will not be published. Required fields are marked *