अख्तियार लगाएर थारुको छोरालाई फँसाइयो : विजय गच्छदार

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि सांसद पदबाट निलम्बनमा रहेको कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफ्नो ५० वर्षको राजनीति सिध्याउन ललिता निवासका विषयमा अख्तियारले मुद्दा चलाएको दावी गरेका छन्।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा अख्तियारले आफूमाथि दुश्मनी साँध्ने काम गरेको र त्यसमा संवैधानिक त्रुटिले काम गरेको बताए।

संविधानमा त्रुटि हुनु रहेको उल्लेख गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैँले गर्नुपर्ने उनले बताए। गच्छदारले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गरे।
गच्छदारले भने, ‘राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो। मलाई थाहा पनि थिएन् सो विषयमा। तर मलाई तह लगाउने नाममा अख्तियार लगाइयो। मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो। यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ। आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनुपर्छ।’

उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *